Rashtriya Dainik

साना किसान कृषि सहकारी संस्था लि. विनयीत्रिवेणी ७ को वार्षिक समिक्षा एवं अन्तरक्रिया कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,२३ साउन

साना किसान कृषि सहकारी संस्था लि. विनयी त्रिवेणी ७ को आयोजनामा वार्षिक समिक्षा एवं अन्तरक्रियात्मक कार्यक्रम संस्थाको हल शिवपुरगढीमा बुधबार सम्पन्न भएको छ।

वार्षिक समिक्षा एवं अन्तरक्रियात्मक कार्यक्रममा सञ्चालक समितिका सदस्य, लेखा समिति, सल्लाहकार समिति,अन्तर समुहका पदाधिकारी र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षतामा आ.व.२०८०/०८१ को समिक्षा कार्यक्रम सम्पन्न भएको हो।
समिक्षा कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले आर्थिक क्रियाकलापलाई बलियो बनाउन कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने कुरामाथी जोड दिदै सहकारी संस्थाहरुमा सञ्चालक र कर्मचारीहरुको सक्रियता बाटै सहकारी गतिविधिलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो।

वार्षिक समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरूले अन्तरसमुहलाई चलायमान गराउदै ऋण लगानी गर्दा व्यक्तिको आयस्रोत पहिचान गरेर मात्र लगानी गर्नुपर्ने तथा हाम्रो मानिस होइन,राम्रो व्यक्तिलाई ऋण प्रदान गर्नुपर्ने र सहमति, सहकार्य,एकता र मेलमिलापको नितीलाई आत्मसात गरि अगाडि बढिएमा संस्थालाई समृद्धिको बाटोमा लग्न सकिने सुझाव दिएका थिए।

समिक्षा कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष दिपक कुवर,सल्लाहकार समितिका सदस्य डिल्लीराम काफ्ले, संस्थाकी उपाध्यक्ष सुनिता थापा, सञ्चालक सदस्य खेमानन्द न्यौपाने, लक्ष्मण गौतम,जहर सिंह बुढा मगर , अन्तरसमुहबाट विशाल सिंह भण्डारी, मोहन घिमिरे,देवनारायण शर्मा,लेखा समितिका पुर्व संयोजक अदम बहादुर थापा लगायतले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो।

साना किसान कृषि सहकारी संस्थामा १७ अन्तरसमुह रहेका छन भने संस्थामा महिला पुरुष गरि कुल ३२०० सेयर सदस्य रहेको संस्थाकी प्रबन्धक सरिता शर्माले जानकारी दिनुभएको छ।
संस्थामा हालको समयमा ऋण असुली कार्यमा प्रभावकारिता नभएको कारण भाखा नाघेको ऋणीहरुको सङ्ख्या बढेको बारे पनि सहभागीहरुले चिन्ता व्यक्त गरेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित