काठमाडौँ,२३ साउन
काभा महिला भलिबल नेसन्स लिगको उपाधि बुधबार भारतले जितेको छ । भारतले फाइनलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
यसअघि पहिलो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेटमा नेपाल २५–२३ अंकले विजयी भएको थियो ।
दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले घरेलु टोली नेपाललाई २५–१४ अंकले पछि पारेको थियो ।
तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो । चौथो सेटको नतिजालाई भारतले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा भारतले नेपाललाई २५–२१ अंकले पछि पारेको थियो ।
पाँचौँ सेटमा भारतले नेपाललाई १५–५ अंकले पछि पार्यो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

