Rashtriya Dainik

लैङ्गिक समानताका लागी वृक्षारोपण

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ साउन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको वडा नं ६,सनईमा लैङ्गिक समानताका लागी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको संयुक्त साझेदारी तथा पाल्हीनन्दनको समन्वयमा संचालित लैङ्गिक समानता परियोजना अन्तर्गत गठित अभिभावक तथा महिला समुहको आयोजनामा ६०० बिरुवा रोपण गरिएको छ। जसमा कदम २००,जामुन १५०,सागवान १५०,बेल-५० र निम तथा पिपल-५० गरि जम्मा ६०० बिरुवा रोपिएको समुहकि जेन्डर चैम्पियन विजयलक्ष्मी चौधरीले जानकारी दिनुभएको हाे।

वडा नं ६ को कार्यालयसँग समन्वय गरि वातावरण स्वच्छ तथा हराभरा वडा बनाउने उद्देश्यले कार्यक्रम गरिएको संस्थाकी सामाजिक परिचालक राधिका थारुले जानकारी दिनुभएको थियोे ।

उक्त कार्यक्रम महिला र पुरुष दुवै संगै मिलेर गरेको जसको मुख्य उद्देश्य भनेको जसरी बिरुवा उम्रदै जान्छ त्यसै गरि वडामा लैङ्गिक समानता कायम होस भन्ने उद्देश्य सहित समुहमा आबद्ध महिलाहरुको सक्रिय सहभागितामा सम्पन्न भएको छ।

वडा अध्यक्ष कृष्णचन्द्र यादवले महिलाहरुको सक्रिय सहभागिता देखेर खुशी व्यक्त गर्दै उक्त रोपिएको बिरुवालाई संरक्षण गर्नका लागि वडाले पाले राख्ने र अगामी दिनमा वडालाई थप सुन्दर, स्वच्छ र रमणीय बनाउन आफु सक्रिय भएर लाग्ने भनेर प्रतिवद्धता जनाएका छन।

कार्यक्रममा समुहमा आबद्ध महिलाहरु,वडा अध्यक्ष, वडा सदस्य र स्थानीय युवाहरुले उपस्थितमा बृक्षाराेपण गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित