Rashtriya Dainik

मामा घार आएका बालक सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

संजय कुशवाहा / नवलपरासी ५ साउन

पश्चिम नवलपरासीको प्रतापपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालक मृत्यु भएको छ ।
प्रतापपुर गाउँपालिका वडा न. ५ बसहिया स्थित मामा घरमा आएका प्रतापपुर गा.पा. १ सिसहानिया बस्ने राम प्याकुरेलको छोरा वर्ष ६ को राज प्याकुरेल एक तले घरको कोठामा खेल्ने क्रममा एक्कासी झ्यालबाट तल झरि सेफ्टी ट्याङ्की भित्र खसेका हुन ।

परिवाका सदस्य खसेको देखेपछि ट्याङ्कीबाट निकाली उपचारको लागी भारतको जिल्ला महराजगंज निचलौल सामुदायिक अस्पताल लगेकोमा त्यहाँका डाक्टरले मृत घोषित गरेका हुन । मृतक बालक शुक्रबार आफ्नो बुवाआमा संगै मामा घर आएका थिए ।

शव घरमा ल्याई राखेको भन्ने खबर प्राप्त हुन साथ घटनास्थलमा प्रहरी टोली खटिगएको, बाकि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित