राष्ट्रिय दैनिक / नवलपरासी ,५ साउन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।

एक कार्यक्रमकाबीच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , पालिका उपाध्यक्ष बासमति हरिजन र प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले विद्युतीय अटो रिक्साको साँचो विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियोे ।
सरावल गाउँपालिका वडा नम्बर १ काे सरस्वती प्रा.बि पथरहिया र वडा नम्बर २ मा अवस्थित जनजागृति प्राबि दंगियालाई विद्युतीय अटो (ई–रिक्सा) हस्तान्तरण गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले जानकारी दिनुभएको हाे।

स साना विद्यार्थी र टाढाटाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने पालिका अध्यक्ष चाैधरीले बताउनुभयो । विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि आफूहरु सकारात्मक रहेको र योजनाबद्ध रुपमा अगाडि बढेको जानकारी दिनुभएको हाे। सामूदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारीसाधनले सहयोग पुग्ने अध्यक्ष चाैधरीले बताउनुभयो ।

टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटोरिक्सा उपलब्ध गराइएको पालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो ।
आगामी नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर बढ्ने विश्वासका साथ पालिकाले विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

