बिनोद निगम/ नवलपरासी , ४ साउन
पश्चिम नवलपरासीको बर्दघाटमा शौचालय जानेक्रममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ।
बर्दघाट नगरपालिका १४ बसोबास बस्ने बर्ष २० की सोनिया खनाल पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेको थियो ।
खनाललाई उपचारका लागि स्थानिय सरोज मेडिकलमा लगी सामान्य उपाचार पश्चात उनलाई जिल्ला अस्पताल परासी लैजाँदा डाक्टरले ८:५० बजे मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

