आरपि उपाध्याय / नवलपरासी ,३१ असार
पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत नारायणी नदीको पुलमा भैरहवाबाट हेटौंडा तर्फ जाँदै गरेको एक मिनी ट्रकमा चामलको नाममा रासायनिक मललाई प्रहरीले बरामद गरेको छ।
नारायणी नदी किनार स्थित पुलको मुखमा ट्राफिक सहितको प्रहरी टोलीले चेकजाँच गर्दा भैरहवाबाट हेटौंडा तर्फ जाँदै गरेको बा.अ.३ख४२५१ नम्बरको मिनी ट्रकमा तिलोत्तमा नगरपालिका १० लक्ष्मी राइस मिलबाट चामलको नाममा ६७०५ के.जी.,१४९ बोरा रासायनिक मल शङ्कास्पद अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभएको छ।
युरिया मल लोड गरेको अवस्थामा फेला परेको ट्रकलाई नियन्त्रणमा लिएर विनयी त्रिवेणी अन्तर्गत रहेको त्रिवेणी भन्सार कार्यालयमा पठाउने तयारी भैरहेको प्रहरीले बताएको छ।
ट्रक चालक नवलपरासी (ब.स.प.) रामग्राम नगरपालिका ७ उज्जैनी बस्ने वर्ष २२ को ट्रक चालक सुदिप थापा फरार रहेकोमा रासायनिक मल सहितको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
लुम्बिनी प्रदेशको भैरहवाबाट चामलको नाममा रासायनिक मल बोकि हिडेको ट्रकलाई गैंडाकोटसम्म आइपुग्न एक दर्जनभन्दा बढी सुरक्षा चेक पोइन्ट पार गर्दा सम्म पनि राजमार्ग आसपास रहेका सुरक्षा निकायले अवैध कार्यप्रती ध्यान नपुर्याउनुलाई अर्थपूर्ण मानिएको छ।

गैंडाकोटको नारायणी नदीको किनारमा रहेको ट्राफिक सहितको प्रहरी टोलीले सूक्ष्म ढंगको अनुसन्धानबाट चामलको नाममा रासायनिक मल नियन्त्रणमा लिनुलाई नवलपुर प्रहरीको अनुसन्धान फलदायी रहेको विश्लेषण पनि गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

