राजन कुमार बानिया /पर्सा ,३१ असार
नेपाल सरकारको नवनियुक्त मन्त्री मध्ये पर्सा जिल्लाबाट मात्रै ३ वटा मन्त्री बने पछी पर्साबासी हर्षित भएका छन । पर्साबाट ३ जना मन्त्री बनिरहदा बिकास हुने पुर्ण विश्वस्त जिल्लाबासिन्दा रहेका छन ।
केपी शर्मा ओलीको नेतृत्वको सरकारमा ईतिहासको पहिलो पटक पर्सा जिल्लाले तिन वटा मन्त्रीहरु पाएकोमा देशको बिकासको साथै जिल्लामा पनी बिकासको गंगा बग्ने बिश्वासको साथै पर्साबासीहरु खुशि भएका छन।
नवनियुक्त प्रधानमन्त्री केपी ओलीको नेतृत्व बनेको सरकारमा नेकपा एमालेको तर्फबाट संघिय मामिला तथा समान्य प्रसाशन मन्त्रीमा राजकुमार गुप्ता ,नेपाली काँग्रेसका तर्फबाट कानुन ,न्याय तथा समान्य मामिला मन्त्रीमा अजय प्रसाद चौरसिया र जनता समाजबादी पार्टीको तर्फबाट खानेपानी मन्त्रीमा प्रदिप यादवले मन्त्री पदमा न्युक्त हुनु भएकोमा पर्साबासीहरु खुशि भएका छन।
पर्सामा ४ वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं १ बाट यादव,क्षेत्र नं २ बाट चौरसिया र क्षेत्र नं ३ बाट गुप्ताले एक साथ मन्त्री पदका सपथग्रहनमा भाग लिएका छन। तिनै जना मन्त्रीहरुलाई पर्साबासीले बधाई तथा सफल कार्यको शुभकामना दिएका छन। देशको बिकासको साथै पर्सामा पनी बिकास निर्माण लगायतको गंगा बगोस भन्दै स्थानियहरुले खुशि ब्यक्त गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

