नवलपरासी । नवलपुरको गैडाकोट ७ गैरी स्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ ।
उक्त शव त्रिशुलीमा खसेका दुई वटा बस मध्येको भएको हुन सक्ने आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनेसार बालुवाले पुरि ढाड मात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परिएको हो ।
शवको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरीले जनाएको छ । यता चितवनको राप्ती र नारायणी नदीको दोभान गोलाघाटमा पनि एक जनाको शव भेटिएको छ ।
यस अघि हिजो गोलाघाटमा एक जना र गैडाकोट ७ गैरीमा २ जनाको शव फेला परेको थियो । उनीहरु ३ जना नै त्रिशुलीमा खसेका बसका यात्रुहरु रहेको पुष्टि भएको छ ।
त्रिशुलीमा २ वटा बस खसी वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

