Rashtriya Dainik

सरावलकाे विभिन्न क्षेत्रमा जडान भएको ट्रान्सफर्मर चोरी हुन थालेपछि किसान चिन्तित

उमेश बि.क / नवलपरासी ,३० असार

पोलमा जडान भएका बिजुलीको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे विभिन्न स्थानबाट चोरी हुन थालेको छ ।

गएको चार महिना भित्र सरावल गाउँपालिका विभिन्न वडाबाट दुईवटा ट्रान्सफर्मर चोरी भएको हो ।

हिज राति सरावल गाउँपालिका वडा नम्बर ३ गाेइनीमा सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको छ। त्यस्तै सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा केही महिना अगाडि सिंचाइ प्रयोजनको लागि जडान गरेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो ।

गाेइनीमा २५ एम्पिएरको ट्रान्सफर्मर चोरी भएको स्थानीय हरिलाल यादवले बताउनुभएको छ ।
विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल बन्द भएको छ ।


धान खेतीको समयमा डिप ट्युबवेलबाट हुने सिंचाइ बन्द हुंदा गाेइनीकाे दर्जनौं किसान समस्यामा परेका छन ।
स्थानीय हरिलाल यादवले भन्नुहुन्छ ,” किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गर्नु पर्छ ।

चोरहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल निकालेर तार बिक्री गर्ने गरेको स्थानीय बासिन्दाले अनुमान ब्यक्त गरेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित