आरपि उपाध्याय / नवलपरासी ,२९ असार
त्रिवेणी सुस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था विनयी त्रिवेणी ६ केउलानी पुर्वी नवलपरासीको सातौं वार्षिक साधारणसभा त्रिवेणीमा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष निर्मल कुमार अमात्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जनताको चाहना र समयले दिएको जिम्मेवारी पूरा गर्न पालिका नेतृत्वले अवसरको रुपमा ग्रहण गर्दै खानेपानीको अवस्थालाई अझ बढि सुधार गरि अगाडि बढिरहेको बताउनु भयो।

अध्यक्ष गिरीले उज्यालो विनयी त्रिवेणीको नारा पूरा गर्न पालिका सरकार मन,कर्म र बचनबाट लक्ष्यतर्फ गइरहेको धारणा राख्दै पालिका नेतृत्व वर्गले गलत काम गरेपनी त्यसलाई खबरदारी गर्नु नागरिकको परम कर्तव्य रहेको विचार व्यक्त गर्नुभएको थियो।
साधारणसभामा विनयी त्रिवेणी वडा न.६ का अध्यक्ष नुरेन्द्र शाहले “एक घर एक धाराको अवधारणा” लाई पूरा गर्ने लक्ष्य बोकि अगाडि बढिरहेको विचार व्यक्त गर्दै यो कामना पूरा गर्न सम्पुर्ण वडावासी र खानेपानी संस्था परिवारको सामुहिक जिम्मेवारी रहेको धारणा राख्नुभयो।
साधारणसभामा संस्थाका अध्यक्ष निर्मल कुमार अमात्यले संस्थाले गरेको वार्षिक प्रगती विवरण र कोषाध्यक्षको प्रतिवेदन सचीव शालिकराम तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो।
विनयी त्रिवेणी वडा न.६ र ७ मा त्रिवेणी सुस्ता खानेपानी तथा सरसफाइ संस्थामा ६४२ उपभोक्ता रहेको तथा ४३२ घरमा धारा जडान भएको जानकारी गराइएको थियो।
२०७० सालमा दर्ता भएको संस्थाले खानेपानीको क्षेत्रमा कार्य गर्दै आएकोमा आगामी आर्थिक वर्षमा खानेपानीका अन्य अधुरा कार्यकुरा गर्दै आत्मनिर्भर बन्ने लक्ष्य राखिएको संस्थाका उपाध्यक्ष धनबहादुर कुवरले बताउनु भयो।

कार्यक्रममा स्थानीय उपभोक्ता सुनिता राउत, सम्झना के.सी.,श्याम न्यौपाने लगायतले त्रिवेणी सुस्ता खानेपानी संस्थाभित्र पानी चुहावट भइरहेको बताउदै तत्काल चुहावट नियन्त्रण गर्न नेतृत्वलाई सुझाव दिनुभएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

