Rashtriya Dainik

त्रिशूलीमा खसेको बससहित यात्रुको खोजी जारी, नारायणी किनारमा तीन शव फेला

काठमाडौं । चितवनमा भएको बस दुर्घटनको खोजी कार्य हुँदै गर्दा नारायणी नदी किनारमा तीन पुरुषको शव फेला परेको छ ।

दुर्घटना स्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा भारतीय नागरिक ऋषिपाल साहको शव फेला परेको हो । उनको साथबाट एटीएम कार्ड र भारतीय आधार कार्ड फेला परेको थियो ।

उनी गणपति डिलक्सका यात्रु रहेको पुष्टि भएको हो । यो बस काठमाडौंबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोमा परेको थियो ।

यस्तै, नवलपरासी (पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारबाट पनि दुई पुरुषको शव फेला परेको छ । सिमलतालस्थित नारायणगढ-मुग्लिन सडकबाट खसेको बसकै यात्रु हुने सक्ने आंकलन गरिएको छ ।

यो दुई शवबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शव भेटिएको स्थान चितवनको भरतपुर महानगर २९ सिमलताल (घटना स्थल)बाट करिब २५ किलोमिटर तल रहेको छ ।

दुर्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त पाँच सयभन्दा बढी सुरक्षाकमीको समूह शुक्रबार र शनिबार दिनभर खोजी कार्य जारी राखेको छ । तर, घटना स्थलमा कुनै वस्तु फेला पार्न सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित