राष्ट्रिय दैनिक / नवलपरासी ,२७ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले ईटा उद्योगको अनुगमन गरेको छ ।
सरावल गाउँपालिकाकाे आयाेजना तथा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी समन्वयमा ईट्टा उद्योगहरुमा अनुगमन गरिएको हो ।
बिहीबार पालिकाको वडा नम्बर ३ र ४ काे ठुला उद्योग अन्तर्गत ईट्टा उद्योग र चामल उद्योगको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा पालिकामा उद्योग दर्ता बिना संचालन गरिएको र पालिकामा राजस्व नतिरेको पाइएको थियो ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राकाे नेतृत्वमा भएको अनुगमनमा वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव ,लेखा अधिकृत नारायण पाण्डेय, लघु उद्यम बिकास शाखा प्रमुख राजन बस्याल , सहकारी शाखा निशा चाैधरी, घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको मनाेज चाैधरी ,नगर प्रहरी एवं पत्रकार लगाएतकाे सहभागितामा उद्योग अनुगमन गरिएको हो ।

बजार अनुगमनको क्रममा उद्योगहरुलाई पालिका उद्योग दर्ता तथा राजस्व बुझाउन टोलीले निर्देशन दिएको छ ।
अनुगमन समितिले ब्यवसायकाे प्रमाणपत्र नराखेको, राजस्व तथा ब्यवसाय प्रमाणपत्र राख्न निर्देशन दिइएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

