उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम सम्पन्न

नवलपरासी , २५ असार

जिल्ला विपद व्यवस्थापन तथा प्रतिकार्य समितिको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी, पृथ्वीचन्द्र अस्पताल परासी र जिल्ला रेडक्रसको सहकार्यमा विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम साेमवार साँझ सम्पन्न भएको छ ।

विपद व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुलाई विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार सम्बन्धि १ दिने अभ्यास अभिमुखिकरण कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा साेमवार सम्पन्न भएको हाे ।

अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ ,जिल्ला समन्वय समितिका प्रमुख रुदल यादव, ३ वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी ज्यूहरुको उपस्थितीमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा नेपाल प्रहरीका २५ जना, गोरखदल गण रामग्राम व्यारेक परासीका २० जना, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वाका २९ जना गरी ७४ जना सुरक्षाकर्मीहरुकाे सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

साथै अईतवार पालिका स्तरमा ३ वटा स्थानहरुमा विपद व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुको सहभागितामा विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!