पर्साको धोबिनी गाउँपालिका-४ लंगडीमा नवनिर्मित जनसेवा धर्मशालाको उद्घाटन

राजन कुमार बानिया /पर्सा ,२४ असार

मधेश प्रदेश सरकारको सहयोगमा पर्साको धोबिनी गाउँपालिका वडा न. ४ लंगडी बजारमा रहेको मन्दिरको प्राङ्गणमा नव निर्मित जनसेवा धर्मशालाको उद्घाटन सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली काँग्रेस पार्टीका महाधिवेशन प्रतिनिधि एव धोबिनी गाउँपालिका अध्यक्ष प्रत्यासी बशिष्टनारायण कुर्मीले बिधवत रुपमा पुजापाठ गरि नव निर्मित धर्मशालाको फिता काटेर उद्घाटन गर्नु भएको छ।

मधेश प्रदेश सरकारको सहयोगमा करिब २५ लाखको लागतमा निर्माण भएको नव निर्मित धर्मशाला उद्घाटन भएको हो।उद्घाटन कार्यक्रममा बोल्दै नेता कुर्मीले भने यो बजार क्षेत्रमा कुनै धर्मशाला नरहेकोले जनता हरु लाई बिबाह,ब्रतबन्ध टिकाउन समस्या भएकोले जनताहरुको मांगलाई मध्यनजर गरि अावस्कता अनुसार यो धर्मशाला निर्माण गराउनु परेको बताए ।अगामी दिनहरु बिकास निर्माण कामलाई निरन्तरता देने नेता कुर्मीले बताए ।

उद्घाटन कार्यक्रममा वडाअध्यक्ष अबास मियाँ ,वडा सदस्य कमल ठाकुर,मदन सहनी, स्थानीय अगुवा रामा चन्द साह, भुवाल पटेल, जवाहिर साह, मथुरा राउत कुर्मी,भरत पटेल, कमरुल मियाँ ,रामबाबु साह,साधु-सन्त र जनसमुदायको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!