विनोद निगम/ नवलपरासी ,२२असार
पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमा दाउरा बिन्दा निकाल्न जाँदा एकजना बेपत्ता भएका छन्।
सुस्ता गाउँपालिका वाड नं ५ को सकर दिनई बस्ने राम केवल चमारको छोरा बर्ष अन्दाजी ३३ को अर्जुन चमार घर देखि अन्दाजी २ कि.मि. पुर्व तर्फ रहेको नारायणी नदिमा बगाई ल्याएको दाउरा टिप्ने क्रममा अचानक बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।
प्रहरी चौकी रामनगरबाट प्र.ब.ना.नि राजाराम कुर्मीको कमाण्डमा प्रहरी टोलि खटिई खोजतलास शुरु गरेकोमा इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी कुडिया, प्रहरी चौकी नर्सहि समेतबाट प्रहरी टोलि खटिगई स्थानियहरु समेतको सहयोगमा खोजतलास कार्य भई रहेको, हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

