राजन कुमार बानिया / पर्सा, २१ असार
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १९ औं गाउँ सभा सम्पन्न भएको छ। छिपहरमाई गाउँपालिकाको गाउँ सभा भिस्वामा रहेको गाउँपालिका सभा हलमा भएको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले पानसमा दिप बालेर उद्घाटन गर्नु भएको थियो।
गाउँपालिकाले गाउँ सभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट ३७ करोड १७ लाख ५२ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित बजेट गाउँ सभाबाट निति तथा कार्यक्रम प्रस्तुतिकरण गर्नु भएको थियो।
गाउँ सभामा गाउँपालिकाको पाचै वडाको योजना पारित गरि प्रस्तुत गर्नु भएको थियोे ।
०८१/८२ को बजेटमा गाउँपालिकाले छिपहरमाई अध्यक्ष गुप्ताले पहिलो प्राथमिकतामा नेत्रदान पालिका अनुदान अन्तर्गत पालिकाका गरिब असहाय ,दलितहरुलाई निशुल्क अाँखाको अप्रेसन तथा उपचार गराउने वर्ष भरी बजेटमा राखिएको छ।
महिलाहरुको पाठेघरको अप्रेसन खर्च प्रति बिमारीमा १५ हजारको दरले उपचार खर्च दिने भएको छ। छिपहरमाई गाउँपालिकामा संचालनमा रहेको पल्स टु का छात्रछात्राहरुलाई ड्रेस भता बापत रकम अनुदान दिने। गाउँपालिकाका एमबिबिएसमा नाउँ निकालने बिधार्थीहरुलाई अनुदान स्वरुप एक लाख देखि दुई लाख सम्म सहयोग गर्ने गाउँपालिका अध्यक्ष गुप्ताले घोषण गर्नु भएको छ। साथै शिक्षा , स्वास्थ्य कृषि ,सिचाई, बिपद ब्यवस्थापन , युवा रोजगार, भौतिक पुर्वधार , पर्यटन पर्वधन , उज्यालो छिपहरमाई लगायतमा जोडदिएको गाउँपालिका अध्यक्ष गुप्ताले जनाएका छन। अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकामा भौतिक बिकास निर्माणको साथै नयाँ योजनाहरु ल्याएको छ। बिकासमा स्थानिय जनसमुदाय ,जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगका कारण बिकास गतिलिएकोमा सबै जनालाई धन्यवाद समेत दिनु भएको छ। जब सम्म सबैको सहयोग र सहकार्य हुदैन भने बिकासको काममा कमी अाउने बताए । छिपहरमाई गाउँपालिकाको बिकास कार्यमा सबै पार्टी पन्थीहरुसंग सहकार्य गरि चलने प्रतिबद्धता समेत गर्नु भएको थियोे ।
यस्तै सबै जनाले सहयोग गर्दै गएमा देशको नमुना गाउँपालिका पहिला पनि रहेको र अहिले पनि रहने अध्यक्ष गुप्ताले दाबी समेत गरेका छन। गुप्ताले भने नेपालको पहिलो गाउँपालिका छिपहरमाई हो जहाँ प्रत्येक वडाहरुमा बर्थिंग सेन्टर संचालन गरि यश गाउँपालिकाको महिलाहरुलाई सेवा दिरहेको छ।
पहिला यश गाउँपालिकामा बर्थिंग सेन्टर नहुदा भारतिय अस्पताल र बिरगंजको अस्पतालमा बच्चा जनमाउन जानू परिरहेको थियो कति पै महिलाहरुले समयमा स्वास्थ्य संस्था जान नसकेको कारण महिलाहरुलाई अकाल मृत्युु समेत हुने गरेकोले आफु गाउँपालिका अध्यक्ष भएपछी सो मध्यनजर गरि प्रतेक वडा हरुमा बर्थिंग सेन्टर संचालनमा ल्याएको हो।
गाउँपालिकामा बिधालयहरुमा १२ कक्षा सम्म निशुल्क संचालनमा रहेको छ। पल्स टु का छात्रछात्राहरुलाई ड्रेस उपलब्ध गराउने । गाउँपालिकामा दस बेडको अस्पताल निर्माण कार्य गरि स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टर राख्न ।
नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १५ करोड ६८ लाख , बितिय समानिकरण १० करोड ५ लाख ,राजस्व बाडफाँड ७करोड ९० लाख. २५ लाख सय ,अान्तिक अाय ३ करोड करिब समपुर्क ८० लाख,४ हजार, लगायत ३७ करोड १७ लाख ५२ लाख ५ सय रुपैयाको बजेट पारित गरि प्रस्तुत गर्नु भएको छ। १९ अौ गाउँ सभा नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा समपन्न भएको थियोे।
गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कानु, प्रमुख प्रसाशकिय अधिकृत शनि साह कानु, समाजसेबी किशोरी साह कानु,वडाअध्यक्ष कामेशवर यादव, महेन्द्र साह कलवार,दिपेन्द्र कुमार सिंह रामेश्वर प्रसाद महतो, मौजिलाल साह कानु, कार्यपालिका सदस्य बलिस्टर साह, नरेश साह कलवार लगायतले गाउँ सभामा शुभकामना मन्तब्य ब्यक्त गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

