आरपि उपाध्याय / नवलपरासी ,२० असार
जिल्ला समन्वय समिति नवलपरासी (ब.स.प.) को आयोजनामा सुशासन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सुस्ता गाउँपालिकाको कुडियामा सम्पन्न गरेको छ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सुशासन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले सुशासनलाई पुर्ण पालना गरेर अगाडि बढ्न सकिए नागरिकको चाहना अनुसारको लोकतन्त्र संस्थागत हुने धारणा राख्दै यस कार्यमा जनप्रतिनिधि, कर्मचारी र सम्पुर्ण सरोकारवाला निकायको सक्रिय सहयोग हुनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत ज्ञानु प्रसाद पनेरूले कार्यक्रमको सहजीकरण गर्दै लोकतन्त्रमा सुशासनको ठूलो महत्त्व रहने बताउदै इमान्दारीपूर्वक गरिने सुशासनबाट परिणाम पनि मिठो आउने धारणा राख्नुभयो।
सो अवसरमा पालिका उपाध्यक्ष गितादेवी चौधरी,प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल, पालिका अन्तर्गतका वडा अध्यक्षहरु र सुस्ता गाउँपालिका का शाखा प्रमुखहरूको पनि उपस्थिति रहेको शाखा अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभएको छ।
सुशासन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय सञ्चारकर्मी र सहजकर्ता पनेरू बिच विषयवस्तु केन्द्रित प्रत्यक्ष अन्तरक्रिया भएको पनि आयोजकले बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

