Rashtriya Dainik

त्रिवेणी महिला बचत तथा ऋण सहकारीकाे २२ औं वार्षिकोत्सबमा स्कुल ड्रेस तथा शैक्षिक सामाग्री वितरण

आरपि उपाध्याय / नवलपरासी ,१८ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिकोत्सब अवसरमा स्कुल ड्रेस तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम त्रिवेणीमा सम्पन्न भएको छ।

त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थाले विनयी त्रिवेणी ६ मा रहेको नवदुर्गा आधारभुत विद्यालय केउलानीका ४८ बालबालिकाहरुलाई एक कार्यक्रमका बिच स्कुल ड्रेस र शैक्षिक सामाग्री वितरण गरेको हो।


गत आर्थिक वर्ष ०७९-८० को सामुदायिक विकास कोष अन्तर्गतको बजेट मध्येबाट विद्यालय पोसाक र सामाग्री वितरण गरिएको संस्थाकी कोषाध्यक्ष दीपा रायमाझीले जानकारी दिनुभयो ।
संस्थाकी अध्यक्ष तारादेवी अधिकारी (पौडेल) को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि विनयी त्रिवेणी ६ वडा अध्यक्ष का नुरेन्द्र शाहले नवदुर्गा आधारभुत विद्यालयलाई पोसाक र शैक्षिक सामग्री प्रदान गरेर संस्थाले सहकारीको उच्चतम नमुना पेस गरेको धारणा राख्दै अन्य सहकारी संस्थाहरुले पनि यस्तै खाले सामुदायिक गतिविधिमा आधारित कार्य गर्न सुझाव दिनुभयो।


सो अवसरमा त्रिवेणी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था त्रिवेणीका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ,नेपाल रेडक्रस सोसाइटी त्रिवेणी उपशाखा सभापति रन्नता काफ्ले,धन बहादुर कुवर,सफला नेपाल,बिनिता गौतम, देवी लक्ष्मी बि.क. र नवादुर्गा आधारभुत विद्यालय केउलानीका प्रधानाध्यापक सन्दिप गुप्ता लगायतले सहकारी संस्थाद्वारा प्रदान गरेको विद्यालय पोसाक र शैक्षिक सामाग्री वितरण कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।

संस्थाकी उपाध्यक्ष निर्मला गैरेको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमलाई संस्थाकी प्रबन्धक रम्भा सिंह ठकुरीले सञ्चालन गर्नुभएको थियो।


२०५९ सालमा स्थापना भइ २५ जना सेयर सदस्यबाट प्रारम्भ भएको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्थामा हाल ६७६ सेयर सदस्य रहेको संस्थाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित