धनगडवा गाउँमा सन्नाटा , अामा सहित तीन जनाकाे दाह संस्सकार अाज हुदै

उमेश बि.क / नवलपरासी ,१६ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ धनगडवामा अामा सहित तीन जना अात्महत्या गरेका छन ।

आत्महत्या गर्नेमा सरावल गाउँपालिका वडा नं. ५ धनगडवाकाे ३२ बर्षीया अनिता चाैधरी र उनकाे २ छाेरी बर्ष १२ कि नेहा चाैधरी र वर्ष १० कि हिमा चाैधरी रहेकी छन् । 

तिनजना एकै घरकाे सामुहिक अात्महत्या गरेकोेले धनगडवा गाउँमा सन्नाटा छाएको छ।अामा सहित तीन जनाकाे अाज त्रिवेणीमा दाह संस्सकार हुने स्थानीय लक्षमण चाैधरीले जानकारी दिइएका छन्।

मृतक चौधरीकाे श्रीमान जितेन्द्र थारु रोजगारीका लागि विदेशमा रहेका छन ।

मृतक तिनजानकाे शव भिम अस्पताल भैरहवामा पाेष्टमार्टम भई बिहीबार राति धनगडवा ल्याइएको हाे।

अामा र दुई छाेरी बुधबार राति आफ्नै घरमा बीस सेवन गरि घरमा ताल्चा लगाई भित्र रहेको र स्थानीय थाहा पाउदा निकालि पृथ्वी चन्द्र अस्पताल परासी राति १० बजे पुर्याएकाे वडा नं. ५ वडा अध्यक्ष दिनेश सहानिले जानकारी दिनुभएको हाे।

विष सेवनपछि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्‍याइएका उनीहरुको त्यहाँ उपचार हुन नसेपछि भैरहवा मेडिकल कलेजमा पठाइएको थियो। उपचारका क्रममा तिनै जनाको बिहीबार बिहान मृत्यु भएको थियो ।

बुधबार राति करिब १० बजे घरको च्यानल गेटमा ताला लगाएर सबै जनाले कोठामा बसेर विष सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। विष सेवन पश्चात् घरभित्रबाट चिच्चाहटको आवाज आएको सुनेपछि स्थानीय घरको छतबाट कोठामा पुगेका थिए। कोठामा दुई वटा चिया पिउने गिलासमा पानी जस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीलाई दिएको हुन सक्ने प्रहरीले जनाएको छ। 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!