Rashtriya Dainik

विपद् पूर्वतयारीमा जुट्यो सरावल गाउँपालिका

उमेश बि.क / नवलपरासी ,१६ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले मनसुन भित्रे लगत्तै विपदबाट नागरिक बचाउने र राहत उद्धारको कामलाई चुस्त बनाउने तयारी थालेको छ ।

पश्चिम नवलपरासीको सात पालिका मध्ये विपद् व्यवस्थापन तथा पूर्वतयारीमा सरावल गाउँपालिका सक्रिय देखिएको छ । यसले पनि विपदबाट नागरिक जोगाउन पालिका गम्भीर छ भन्ने पुष्टि गर्छ ।

भित्रिएको मनसुन र त्यसले गर्न सक्ने क्षतिलाई मध्यनजर गर्दै विपद् पूर्वतयारीलाई मजबुद बनाउन पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय संगै विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभएको हाे ।

उहाँले भन्नुभयो,सरावल गाउँपालिका बाढीको जोखिममा छ । नागरिक जोगाउनु हाम्रो दायित्व हो । स्रोत साधन जनशक्तिले भ्याए सम्म हामी रातदिन खटिन तयार छौँ । कहाँ के भइरहेको छ सूचना दिएमा हामीलाई सहज हुने बताउनुभयाे।

त्यस्तै प्रमुख प्रशाकिय अधिकृत विशाल मिश्राले विपद पूर्व तयारीका लागि विभिन्न निर्णय भएको बताउनुभयो। उहाँका अनुसार पालिका स्तरीय विपद् व्यवस्थापन समिति बसेको बैठकले विपद प्रतिकार्य सामाग्री हस्तान्तरण गर्ने , हुरीले क्षति पुर्याएकाे र आगलागी परिवारलाई राहत स्वरुप रकम सहयोग गर्ने जानकारी दिनुभएको हाे ।

आज तीन वटा प्रहरी चौकी र एक बिओपिलाई विपद पूर्व तयारीका लागि आवश्यक सामाग्री फाइबर बाेर्ड , लाइफ ज्याकेट ,हेल्मेट,रेस्किउ बाेट ,बाेर्ड स्टेचर ,सर्च लाइट ,हेडलाईट र लाइफ बाेरिङ रिङ लगाएत सामाग्री पालिका अध्यक्ष चाैधरीले आज हस्तान्तरण गर्नुभएको सरावल बिपद ब्यवस्थापन फाेकल पर्सन अब्दुल रज्जाक राइनले जानकारी दिनुभयाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित