Rashtriya Dainik

नगरको अतिक्रमीत जग्गा खाली गराईन्छ : मेयर थापा

कपिलवस्तु ,१३ असार

कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको छ । नगर भित्र कब्जामा रहेका कुलो , तथा अतिक्रमित सार्वजनिक सम्पत्ति खाली गराईने बताउनुभएको हो ।

प्रेस हव मिडिया प्रालीले बिहिवार आयोजना गरेको मेयर उपमेयर सवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकाले जेसिवी खरिद गरेकाले तत्काल जग्गा खाली गराउने अभियान सुचारु गर्ने बताउनुभयो ।

मेयर थापाले नगरले शिक्षा , स्वास्थ्यमा उल्लेखनीय प्रगती गरेको बताउनुभयो । प्रमुख प्रसासकिय अधिकृत बाबुराम पौडेलले भौतिक पुर्वाधार मात्र नभएर मानव बिकास पनि महत्वपुर्ण भएकाले नगरपालिकाले निसुल्क शिक्षा र स्वास्थ्यमा जोड दिएको बताउनुभयो ।

अधिकृत पौडेलले नगरमा सुसासन कायम गर्न हरबखत प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रम प्रेस हव प्रालीका प्रबन्धक चिन्ता परियारले सहजिकरण गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित