Rashtriya Dainik

शिवपुरगढीमा हिंसा न्यूनीकरणको लागि अभिमुखिकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम

आरपि उपाध्याय / नवलपरासी ,१२ असार

पुर्वी नवलपरासी विनयी त्रिवेणी वडा न.६ को आयोजनामा हिंसा न्यूनीकरणको लागि अभिमुखिकरण तालिम तथा अन्तर्कृया कार्यक्रम शिवपुरगढीमा बुधबार सम्पन्न भएको छ।

हिंसामुक्त समुदाय घोषणा कार्यान्वयन समितीका अध्यक्ष भेषराज खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा विनयी त्रिवेणी वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले समाजमा देखापर्ने सबैखाले हिंसालाई अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम र अन्तर्कृयात्मक छलफलबाटै हिंसा न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो।

कार्यक्रममा वडा न.६ का वडा सदस्य बिष्णु प्रसाद चौलागाईं,पुर्व वडा अध्यक्ष प्रीतम बहादुर गुरुङ,नेपाल रेडक्रस सोसाइटी त्रिवेणी धाम उपशाखा सभापति रन्नता काफ्ले लगायतले समाजमा देखापरेका हिंसा अन्त्य गर्न आफुबाटै आभियान सुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

सो अवसरमा प्रमुख प्रशिक्षक कृष्ण पुनले कार्यक्रममा सहजीकरण गर्दै विनयी त्रिवेणी वडा न.६ मा हिंसामुक्त गर्न सम्पुर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरामाथी जोड दिनुभयो।

कार्यक्रममा विनयी त्रिवेणी ६ का हिंसामुक्त समुदाय घोषणा कार्यान्वयन समितीका पदाधिकारी,न्यायीक समितीका प्रतिनिधि र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पनि सहभागीता रहेको आयोजकले बताएको छ।

स्थानीय दीपक थापाद्वारा सञ्चालन भएको कार्यक्रममा महिला समाजसेवी दीपा रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

विनयी त्रिवेणी ६ र आसपासका क्षेत्रमा हिंसाका छुटपुट घट्ना भएको जानकारी पछि वडा न.६ ले जनचेतनामूलक कार्यक्रम र अन्तर्कृयात्मक कार्यक्रमलाई थप निरन्तरता दिएको गोपालचन्द्र ढकालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित