राष्ट्रिय दैनिक /नवलपरासी , १० असार ।
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले आगामी आर्थिकका लागि ५३ करोड ४८ लाख बढिको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको १४ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले आर्थिक बर्ष २०८१÷०८२ का लागि कुल ५३ करोड ४८ लाख ७१ हजार रुपैयाको बजेट प्रस्तुत गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा संचालित १४ औं गाउँसभाको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादवले पानसमा दिप प्रज्वलन गरि उद्धघाटन गर्नु भएको थियोे । प्रमुख अतिथि जिसस प्रमुख यादवले सभा सम्बोधन गर्दै पालिकाको ठोस योजना बनाई अगाडी बढन आग्रह गर्दै सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

पालिकाको १४ औं सभामा सभाध्यक्ष सुखाडी प्रसाद चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा प्रस्तुत बजेटमा तर्फ चालु तर्फ ३१ करोड, ३ लाख र पुँजीगत तर्फ २१ करोड ५५ लाख विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जनाकारी दिनु भयो ।

उहाँका अनुसार आर्थिक विकास क्षेत्रका लागि ३ कारोड ४४ लाख, सामजिक विकासका लागि २२ करोड ४ लाख, पुर्वधार तर्फ १४ करोड, वनवातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ५५ लाख र प्रशासनिक क्षेत्रमा १२ करोड ६ लाख ७१ हजार बजेट विनियोजन गरिएको जानकारी दिनु भयो ।

सभामा न्यायिक समितिको प्रतिवेदन प्रस्तुत पनि गरिएको थियो । सभामा उपस्थित प्रमुख अतिथि एवं अतिथी र सभासदस्यहरुलाई पालिाका प्रमुख प्रशासकिय अधिकृत विशाल मिश्राले स्वागत गर्नु भएको थियो । सभाको संचालन पालिकाका लेखापाल नरेश कोहारले गर्नु भएको थियो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

