सहबान अन्सारी/नवलपरासी, १५ माघ नवलपरासीमा भारतबाट अबैधरुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी ३ लाख ८ हजार मुल्य बराबरको बिभिन्न मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिवार पाल्हीनन्दन गाँउपालिका वडा नं. २ गोपलपुर स्थित भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २ लाख ८५ हजार बराबरको ढोकामा लगाउने पर्दाको कपडा (५७० मिटर) र २३ हजार मुल्य बराबरको हुक डोरी ( २३० पिस) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त सामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका थिए । नियन्त्रणमा लिएको सम्पुर्ण सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।