पर्सा, १० असार
पर्साको पकाहामैनपुर गाउँपालिकाको १२ अौ गाउँ सभा अाथिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रम अाज भईरहेको अवस्थामा गाउँपालिका उपाध्यक्ष सरफु नेसा र चार वटा वडअध्यक्ष समेत २१ जनाले गाउँ सभा कार्यक्रम लाई बहिसकार गरेका छन।
पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले अाफ्नो एकलौटी तानासाह चलाउदै अाफ्नो मनोपोली तरिकाले काम गरिरहेको उपाध्यक्ष सरफु नेसा समेतको जनप्रतिनिधि हरुले बिरोध गरि कार्यक्रम बहिसकार गरेका छन।
गाउँ सभा गर्न अध्यक्षले सात दिन पहिला लिखित पत्र पठाउने नियम रहेपनी अध्यक्ष मेहताले घमण्डी पारामा फेसबुकबाट जानकारी गराउदै गाउँसभामा उपाध्यक्ष सरफुनेसा ,वडा अधयक्षबिनोद मेहता,संजय चौहान,ढेरी यादव,बलराम प्रसाद चौरसिया,लगायत कार्यालिका सदस्य ,गाउँपालीका सदस्य गरि २१ जनाले कार्यक्रम बहिसकार गरेका छन।
अध्यक्ष सुरेश मेहताले गरेको गाउँसभामा एक जना वडाअध्यक्ष गरि ८ जनाको मात्र सहभागितामा गाउँ सभा बलजबरजस्ती गरिरहेको छ। सभा हलमा गाउँपालिका अध्यक्ष सुरेश मेहता को अध्यक्षतामा सम्पन्न भएको छ। अध्यक्ष मेहताको निर्देशनमा प्रमुख प्रसाशकिय अधिकृत उदयशंकर चौधरीले बिना बहुमतको गाउँ सभा गर्न खोजेको बिरोधमा रहेको जनप्रतिनिधि हरुले बताए। अाज बैठक बसी २१ जनप्रतिनिधि हरुले गाउँपालिका मा बल जबर्जस्ती भईरहेक गाउँ सभा लाई बहिसकार को निर्णय गरिएको छ। बल जबर्जस्ती गाउँ सभा गर्न खोजेमा हामी २१ जना जनप्रतिनिधि प्रतिकारमा उतर्ने उपाध्यक्ष सरफुनेशा ले बताईन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

