Rashtriya Dainik

पर्साको जगरनाथपुर गाउँपालिकाको ११औँ गाउँ सभा सम्पन्न

राजन कुमार बानिया / पर्सा ,१० असार

पर्साको जगरनाथपुर गाउँपालिकाको ११औँ गाउँ सभा आज सोमबार सम्पन्न भएको छ।

गाउँपालका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षमा सम्पन्न गाउँसभामा अगामी आर्थिक वर्ष २०८१–०८२ को निति तथा कार्यक्रम मा ४४ करोड ३४ लाख२३ हजार पाँच सय बराबरको अनुमानित गाउँपालिका अध्यक्ष यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो।

शिक्षा,स्वास्थ्य कृषि, खानेपानी चपाकल खेलकुद सामाजिक , वन तथा विपद् व्यवस्थापनमा , सोलार सौर्य बत्ती बिजुली जडान, मठ मन्दिर तथा मस्जिद सांस्कृतिक सम्पदामा, महिलाबालबालिका ,जेष्ठ नागरिकहरुको सम्मान कार्यालय सञ्चालन तथा प्रसाशनिक खर्च तथा कर्मचारीहरुको तलब भता गाउँपालिकाका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई टिकाउ र सिकाउ अभियान सञ्चालन गरिने बताए ।

उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने बताए । उनले भने, ‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने छ, एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र–छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको बताए । जगरनाथपुरमा गाउँपालिकाको संठी मावी औराहामा ११औँ गाउँसभाको उद्घाटन प्रमुख अतिथि रहने भएका नेपाली कांग्रेस पार्टी पर्सा सभापति तथा प्रदेश साँसद जनार्दन सिंह क्षेत्री ले कार्यक्रमलाई उद्घाटन गर्नु भएको थियो।

कार्यक्रममा प्रदेश साँसद शंकरप्रसाद चौधरी, गापा उपाध्यक्ष बबिता सिंह, गापा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय,गादीमाई बन ब्यवस्थापन समितिका अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महतो नुनिया,कार्यपालिका सदस्य ,गापा सदस्य ,वड सचिव, कर्मचारी, शिक्षक,पत्रकार,सरक्षाकर्मी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित