Rashtriya Dainik

सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभा तथा अधिवेशन

राष्ट्रिय दैनिक / नवलपरासी ,४ असार

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभा तथा अधिवेशन पालिका सभाहलमा प्रारम्भ भएको छ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता गाउँपालिकालाई सुखी र समुन्नत बनाउने उद्देश्यले आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा अध्यक्ष उपाध्यायले आगामी आर्थिक वर्षमा गाउँपालिकामा ९ ओटा कार्य विधिहरु तयार पारी सुस्ता गाउँपालिकाको सार्वजनिक खरिद नियमावली २०८० र अन्य कानुन तयार पारी अगाडि बढ्ने बताउनु भएको थियो।

स्वास्थ्य,शिक्षा,सञ्चार,यातायात लगायत क्षेत्रमा नागरिकको चाहना र भावना अनुसार अगाडि बढ्ने बताउदै अध्यक्ष उपाध्यायले “सुस्ता गाउँपालिकालाई चिनौ र चिनाउ” भन्ने आदर्श वाक्यलाई आत्मसात गर्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक अनिवार्य रुपमा कार्यान्वयन गरिने बताउदै सुस्ता ३ मा अस्थायी प्रहरी चौकी स्थापना गर्ने र भ्रष्टाचार मुक्त पालिका बनाउन आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढन नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको थियो।

नीति तथा कार्यक्रममा सुस्ताको गौरवका योजनाहरु मध्य ५ ओटै वडा जोड्ने अध्यक्ष नमुना सडक निर्माण कार्यक्रमलाई तिब्रता दिने र नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकाय संगको सहकार्यमा पालिका क्षेत्रमा शान्ती,सुरक्षा कायम गर्न र गैरकानुनी कार्य रोक्न पनि उल्लेख गरिएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पर्यटन उद्योग तथा सहकारी मन्त्री खडग बहादुर बस्नेतले सुस्ता गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम तार्किक र विकासमुलक रहेको उल्लेख गर्दै समग्र देश,प्रदेश र पालिका सुधार गर्ने योजना बनाउन आफुबाट नै सुधार प्रक्रिया सुरु गर्नुपर्ने धारणा राख्नुभएको थियो।
सो अवसरमा जिल्ला समन्वय समिती नवलपरासी (ब.स.प.) का प्रमुख भगौती प्रसाद यादव,सुस्ता गाउँपालिका वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाद, वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ अहिर लगायतले गाउँ सभा र अधिवेशनको पुर्ण सफलता सहितको आफ्नो विचार प्रस्तुत गर्नुभयो।


कार्यक्रममा सुस्ता गाउँपालिका का कार्यपालिका सदस्य, वडा सदस्यहरु र पालिका अन्तर्गतका शाखा प्रमुखहरुको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित