वीरगन्ज ,४ आषाढ
पर्सा प्रहरीले करिब दुई करोड रुपैया बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरु सहित ३ वटा ट्रक पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगञ्ज महानगरपालिका वडा न. २५ आईसिपी गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरका ट्रक नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
उपरीक्षक ढुंगेलले तीन वटा ट्रकमा लोड गरिएको सामानहरूको कुल मूल्य अन्दाजी दुई करोड २९ लाख ३९ हजार ६५७ रुपैयाँ रहेको छ ।पक्राउ परेका हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको एसपी ढुंगेलले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

