Rashtriya Dainik

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख आचार्यको कार्यकालमा भएको कार्य

आरपि उपाध्याय / नवलपरासी ,३ असार

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.स.प.) का प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यको कार्यकालमा भएको कार्य प्रगती विवरण सञ्चारकर्मी समक्ष सार्वजनिक गरिएको छ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक आचार्यको २०८० जेष्ठ २४ गतेदेखि २०८१ असार २ गतेसम्मको कार्य प्रगती समिक्षा विवरण सार्वजनिक गरिएको हो।
जिल्ला प्रहरी कार्यालयले मानव संसाधन तर्फ ४६३ जनाको दरबन्दी रहेकोमा हाल २८ ओटा प्रहरी इकाईहरुमा ४८२ जना जनशक्ति कार्यरत रहेको तथा अपराध अनुसन्धान तर्फ कुल ४२७ मुद्दा दर्ता भएकोमा कर्तव्य,ज्यान सम्बन्धि कसुर ८, लागू औषध सम्बन्धि कसुर २५, करणी सम्बन्धि कसुर २४ रहेकोमा ती मध्य अधिकाशं मुद्दा फर्छौट भएको र बाकी ७ मुद्दा फर्छौट रहन बाकी रहेको जानकारी गराइएको थियो।
त्यसैगरी लागू औषध बरामद तथा कारवाहिमा २५ मुद्दा दर्ता भइ ४१ व्यक्ति पक्राउ गरिएको पनि बताइएको छ।
फैसला कार्यान्वयन तर्फ सम्मानित अदालतबाट फैसला पश्चात् फरार रहेका प्रतिवादी पक्राउ सङ्ख्या ४९४ र उनीहरुबाट ६९ लाख ८५ हजार रुपैयाँ कैद असुल गरिएको जानकारी गराइएको छ।
कार्य प्रगती समिक्षामा अघिल्लो आ.व. को तुलनामा मानिस पक्राउको हकमा १०९.३२% जरिवाना को हकमा, १११.०९% र कैद असुलको हकमा २७०.२१% ले बढी रहेको बताइएको थियो।
राजस्व दाखिलाको हकमा अवैध भन्सार छली ल्याइएको सामान बरामदबाट, अवैध नदीजन्य पदार्थ उत्खनन,वन पैदावारबाट,स्रोत नखुलेको रकम, सुनचाँदी बरामद,सवारीसाधन बरामद र फरार प्रतिवादीबाट कुल राजस्व ११ करोड ५४ लाख ९५ हजार ४ सय ९९ रहेको पनि जानकारी गराइएको छ।
कार्य प्रगति विवरणमा सामुदायिक प्रहरी,साझेदारी कार्यक्रम अन्तर्गत ५९४ कार्यक्रम भएका थिए भने नागरिक पीडित मैत्री कार्यक्रम अन्तर्गत भोजपुरी भाषामा नागरिक बडापत्र राख्नुका साथै १० स्थानमा अल्पसंख्यक संग प्रहरी कार्यक्रम सम्पन्न गरिएको पनि जनाइएको छ।
पत्रकार सम्मेलनमा जिल्ला अन्तर्गत २ ओटा अस्थायी प्रहरी पोस्टको स्थापना, स्वास्थ्य शिविर,विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण,४ पटक नागरिक सुनवाइ कार्यक्रम र मुद्दा चल्ने प्रहरी इकाईको हिरासत कक्षमा पुस्तकालय निर्माण गरिएको पनि बताइएको थियो।
सो अवसरमा प्रहरी उपरीक्षक आचार्यले आफू र मातहतका निकायको निष्ठा र इमान्दारीपुर्वक काम गरिएकोले पनि हालको नतिजा आएको बताउनु भयो।
नवलपरासी ब.स.प. मा मौलाएको तस्करी कार्य पुर्ण रूपमा नियन्त्रण नभए पनि अवैध कार्य रोकथाम र नियन्त्रणबाट आफू र मातहतका निकाय सन्तुष्ट भएको दाबी पनि उपरीक्षक आचार्यले गर्नुभयो।
एसपी आचार्यको सरुवा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीन भवनमा भएको पनि जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित