Rashtriya Dainik

छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सरावल २A लाई

उमेश बि.क / नवलपरासी ,१ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा आयोजना गरिएको छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सरावल २Aले उचालेको छ ।

सरावल गाउँपालिकाकाे सहयोग तथा गाउँपालिका खेलकुद बिकास समितिकाकाे आयाेजनामा सन्चालित छैठौं सरावल अध्यक्ष कप फुटबल प्रतियोगिता एवं पालिका स्तरीय खेलाडी छनौटकाे फाइनल खेलमा सरावल २B लाई ३–० ले हराउँदै सरावल २A उपाधि चुमेको हो ।

प्रतियोगिताका उपाधि विजेता सरावल २A ले नगद २५ हजारकाे साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य भएको सरावल २B ले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै सरावल १A र सरावल २B सान्त्वना स्वरुप नगद ४१/४१ सयको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन।

प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ताको उपाधि सरावल २A काे राकेश चाैधरी, उत्कृष्ट गोलरक्षकको उपाधि सरावल २ B काे पवन चाैधरी ,उत्कृष्ट डिफेन्डर सरावल २A काे अभिशेष गुप्ता ,उत्कृष्ट खेलाडी सरावल २A काे रन्जित चाैधरी र म्यानअफ द म्याचकाे उपाधि सरावल २B काे अरुण बि.कले प्राप्त गरेका छन् ।

उनीहरूलाई मेडल कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष भेष नारायण चाैधरीले जानकारी दिनुभयो ।

विजयी टिम र खेलाडीलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी र उपाध्यक्ष बासमति हरिजनले नगद तथा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

जेठ २९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा सरावल गाउँपालिका वडा नम्बर १ देखि ४ अन्तर्गतको आठवटा खेलाडी समुहले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित