Rashtriya Dainik

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच बर्दघाटमा एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बर्दघाट नगर समिति बीच बर्दघाट- २ चिसापानीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने तयारी स्वरुप पार्टी अगाडी बढेको उल्लेख गर्नु भयो ।

कार्यक्रम नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता नगर इन्चार्ज ज्ञान बहादुर केसिको संचालन र गोप बहादुर पौडेलको स्वागतमा भएको थियो । कार्यक्रममा पार्टीका सह संयोजकद्व्य गणेश बहादुर ढकाल, भिम छ्न्याल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा क्रान्तिकारी महिला सङ्गठन जिल्ला संयोजक मुक्तमाया महतो अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल , पार्टीका प्रदेश सदस्यहरु चुडामणि भन्डारी , रामचन्द्र पोखरेल, सुर्य सापकोटा लगायत अतिथी रहनुभएको थियो ।

एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले राम प्रसाद अर्गेजाको संयोजकत्वमा २५ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जस अन्तर्गत गोप बहादुर पौडेल सहसंयोजक रहनुभएको सो पार्टीले जनाएको छ । साथै ८ सदस्यीय नगर कार्यालय समेत गठन गरेको नगर इन्चार्ज ज्ञान बहादुर केसिले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित