स्वास्थ्यकर्मी चापागाई को नेतृत्वमा घर घरमा बच्चा खोज्दै

शहबाज खान/कपिलवस्तु

नेपालमा बर्सेनि बालघातक सरुवा रोग बाट कैयौं बालबालिका पीडित हुनेगरेका छन् भने कपिलवस्तु जिल्ला पनि अछुतो रहने कुरै भएना । बालघातक सरुवारोग कुनै सरुवा विषाणु , जीवाणुको संक्रमण बाट बालबालिका को स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । यस्ता सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदि माध्यम बाट एक अर्कामा सर्ने गर्द छ।बालघातक रोगहरु लहरे खोकी,भ्यागुते रोग,धनुषटंकार , क्षयरोग, पोलियो, दादुरा आदि रहेका छन् ।

यी रोगहरु लागेमा बालबालिका को बेलैमा उपचार नभए मृत्यु समेत हुन सकने भएको हुँदा बालबालिकालाइ यस रोग विरुद्ध को खोप लगाइ शरीरमा प्रतिरक्षात्मक शक्ति निर्माण गराएर रोकथाम गर्न पर्ने हुन्छ । तशर्थ सबै बालबालिकाको जीवन सुरक्षित गर्नका लागि नेपाल सरकार ले यस्ता रोग विरुद्ध निःशुल्क खोप लगाउने व्यवस्था गरेको हुनाले सबै आमाबाबुले आफ्नो शिशु बालबालिकालाई खोप लगाइ उनीहरुलाइ सरुवा रोग बाट सुरक्षित राख्नु पर्दछ।

यसैक्रममा कृष्णनगर नगरपालिका लाई बैशाख मासान्त सम्म पूर्ण खोप नगर घोषणा गर्ने लक्ष्य लिइएको छ र सो खोप कार्यक्रमलाइ सफल बनाउनको लागि संघ संस्था, जनप्रतिनिधि आमजनमानस , पत्रकार , सुरक्षाकर्मी लगायत सबै को साथ र सहयोग चाहिने हुँदा आआफ्नो स्तर बाट पूर्ण सहयोग गर्नाको लागि यस पालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराई ले आग्रह गरेका छन। उक्त कार्यक्रम लाई सफल बनाउनको लागि विद्यानगर स्वास्थ्य चौकीको अगुवाई मा आज कृष्णनगर नपा वडा नं १० लाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना का लागि गाउँ गाउँ घरघरमा पुगी स्वास्थकर्मि द्वारा घरधुरी सर्वेक्षण कार्य गरिएको छ ।

उक्त सर्वेक्षण कार्यमा विद्यानगर स्वास्थ्य चौकी प्रमुख लक्ष्मी चापागाई , अनमी विजयलक्ष्मी श्रीवास्तव,अहेवा सुरेन्द्र प्रसाद चौधरी , सुआहारा का पालिका पोषण सहजकर्ता पृथ्वीपाल तेली रहेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot