Rashtriya Dainik

फुर्केखोलाको वैकल्पिक सडक आज ५ घण्टा बन्द, यी मार्ग प्रयोग गर्न प्रशासनको आग्रह

धादिङ,१७ असाेज

पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगेपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्ड मर्मतसम्भारका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार आवश्यक भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाइएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलास्थित पक्की पुल बगाएपछि उक्त सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।

सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित