राष्ट्रिय दैनिक / नवलपरासी ,३२ जेठ
उद्योग बाणिज्य संघ सरावल र सरावल गाउँपालिका कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीकाे खेल मैदानमा भएको प्रतियोगितामा उद्योग बाणिज्य संघ सरावलले एककाे विरुद्ध दुई गाेलगरी सरावल गाउँपालिका कर्मचारीहरुलाई पराजित गरेको हाे।
उद्योग बाणिज्य संघ सरावल र सरावल गाउँपालिका कर्मचारीबिच निकै प्रतिशप्रदात्मक खेल भएको थियो ।
विश्व रक्तदाता दिवसको अवस्थामा अहिराैलीकाे खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा बिजेता टिमलाई सरावल अध्यक्ष कप फुटबल प्रतियोगिताकाे समापन समारोहमा मेडल प्रदान गरिने बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

