नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल प्रतापपुर गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) प्रतापपुर गाउँ समिति बीच प्रतापपुर -९ खैरहनीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेय, जिल्ला सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उल्लेख गर्नु भयो ।
कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार गुणनिधि पोख्रेल , अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटालगायतले शुभकामना राख्नु भयो । कार्यक्रम प्रतापपुर गाउँ पालिका संयोजक भोजराज पोखरेलको अध्यक्षता पालिका इन्चार्ज यम बहादुर गुरुङको संचालन र यम नारायण चौधरीको स्वागतमा भएको थियो ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले भोजराज पोखरेलको संयोजकत्वमा ११ सदस्यीय प्रतापपुर गाउँ संगठन समिती निर्वाचित गरेको छ । जसको सहसंयोजकद्व्यमा यम नारायण चौधरी र मदन पोखरेल रहनुभएको छ । जस अन्तर्गत ३ सदस्यीय गाउँ पार्टी कार्यालय र ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सो पार्टीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

