आरपि उपाध्याय / नवलपरासी ,२७ जेठ
गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको गजेन्द्र मोक्ष दिव्य धामको अवलोकन,निरीक्षण गर्नुभएको छ।
पुर्व मुख्यमन्त्री नेपालीले गजेन्द्र मोक्ष धाममा रहेको नारायण भगवानको मन्दिरमा पछिल्लो समय यता भएको प्रगति र श्रद्धालुहरुको आवगमनबारे पनि जानकारी लिनुभएको हो।
मुक्तिनाथ पिठाधिस स्वामी कमलनयाचार्यको उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले गजेन्द्र मोक्ष धाममा भएको पछिल्लो समय यताको गतिविधि, अवस्था र त्रिवेणी गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिको पछिल्लो समय यताको गतिविधिबारे जानकारी गराउनु भएको थियो।

गण्डकी प्रदेशमा २०७७ सालमा मुख्यमन्त्री बन्नुभएका नेपालीको कार्यकालमा नै त्रिवेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समिती गठन भइ हालको समयमा पनि उक्त समितिले विकास निर्माणको कार्य गर्दै आएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभयो।
स्थानीय सञ्चारकर्मी संगको संक्षिप्त कुराकानीमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेपालीले पार्टीको अनुशासन विपरीत काम गर्ने जो कोहिलाई पनि अनुशासन समितिको मार्फत कारवाही गर्ने बताउनु भयो।
नेपाली काङ्ग्रेस अहिले प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गरिरहेको र सरकारको कमिकमजोरीलाई विधिसम्मत ढङ्गले जनतामाझ पुर्याएको बताउदै उहाँले कानुनी राज्यको अवधारणालाई सर्वमान्य सिद्धान्तको रुपमा पार्टीले पालन गर्दै आएको पनि धारणा राख्नुभयो।
एक प्रसङ्गमा ने.का. केन्द्रिय सदस्य नेपालीले विगतको कालखण्डमा परासी, बर्दघाट र त्रिवेणीलाई केन्द्रविन्दु बनाइ पार्टी संगठनमा लागेको स्मरण गर्दै उहाँले पार्टीको इमान्दार र निष्ठावान कार्यकर्ताको योगदान बाटै पार्टी संगठन यहाँ सम्म आइपुगेको पनि जिकिर गर्नुभयो।

सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कल्वार , महा समिती सदस्य सुमित्रा खनाल र विनयी त्रिवेणी वडा न.६ र ७ का नेताकार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

