Rashtriya Dainik

उपकार सेवा नेपालको सहयोगमा पंखा वितरण

पर्सा, २७ जेठ

उपकार सेवा नेपालको सहयोगमा जिराभवानी गाउँपालिका वार्ड न.५ शंकर सरैया स्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा कक्षा १ देखी कक्षा ५ सम्म अध्यन्नरत १६० जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ थान सिलिङ्ग पंखाको प्रबन्ध गरिएको छ।

एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई पंखा हस्तान्तरण गरिएको छ ।

सो कार्यक्रममा संस्थाको अभिभावक श्री पद्मा देबी सरावगी, सदस्यद्वय सज्जन अग्रवाल, अँकुश शर्मा तथा बिद्यालयको शिक्षक शिक्षिका ,स्थानीय भद्रभलादमी तथा बालबालिकाहरुको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित