काठमाडौं : आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ९ बल अगावै पूरा गर्यो।
नेदरल्यान्ड्सका लागि म्याक्स दोउडले सर्वाधिक ५४ रन बनाए। त्यस्तै विक्रमजीत सिंहले २२ रन, स्कट इडवार्डले ५ र सीब्रान्डले १४ रन बनाए।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ मा १०६ रन बनाएर अलआउट भएको थियो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बलमा उनले ५ चौका प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा १७ रन बनाए भने गुल्शन झाले १५ बलमा १४ रन बनाए। सोमपाल कामी शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १ रन बनाए।
त्यस्तै कुशल मल्ल ९ रन, अनिल साह ११ रन, कुशल भुर्तेल ७ र आशिफ शेख ४ रनमा आउट भए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

