Rashtriya Dainik

नवलपरासीमा नेपाली कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू

राष्ट्रिय दैनिक / नवलपरासी , १९ जेठ

नेपाली कांग्रेस पश्चिम नवलपरासीकोले शनिबारबाट दुई दिने “प्रशिक्षक प्रशिक्षण कार्यक्रम ” सुरू गरेको छ ।

नेता तथा कार्यकर्तालाई सुदृढ र सक्षम बनाई जनअपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउने भन्दै कांग्रेस नवलपरासीले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सुरू गरेको नेपाली कांग्रेस नवलपरासीले जनाएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीअन्तर्गत प्रशिक्षण शाखाको आयोजनामा बर्दघाट नगरपालिका १० को लण्डन बृज गार्डेन रिसाेर्टको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाली काङ्ग्रेसकार्यबाहक सभापति एवं जिल्ला प्रशिक्षण शाखा संयोजक बिक्रम प्रशाद यादवकाे अध्यक्षता तथा केन्द्रिय सदस्य एवं राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. गोबिन्द प्रसाद पोखरेलकाे प्रमुख आतिथ्यतामा जेठ १९ र २० गते सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हाे ।

प्रशिक्षक प्रशिक्षण उदघाटन कार्यक्रम सम्बाेधन गर्दै केन्द्रिय सदस्य एवं राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोखरेलले समाजिक सन्जालमा केही लेखेको भरमा हामी त्यसको पछाडि दाैडिन्छाैँ किन भने हामीमा बैचारिक बहस कम भएको छ। संगठनका ब्यक्तिले काङ्ग्रेस के हाे ? काङ्ग्रेस किन हुन जरुरी छ ? यी सबै बुझ्न जरुरी छ । नेपाली कांग्रेसको विगत र वर्तमानको बारेमा चर्चा गर्दै आगामी रणनीतिको बारेमा प्रकाश पार्नुभएकाे थियोे । वहाँले यस्ता खालका कार्यक्रमबाट प्राप्त ज्ञान सीपलाई पार्टीको तल्लो तहसम्मका नेता तथा कार्यकर्ताहरुमा पु¥याउनु पर्नेमा जोड दिनुभएको थियोे ।

प्रशिक्षक प्रशिक्षण उदघाटन कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अजय बाबु शिवाकोटी ,नेपाली कांग्रेस तथा नेबिसंघ पुर्व केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक गुरु राज घिमिरे ,लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ ,लुम्बिनी प्रदेश महामन्त्रि तथा संबिधान सभा सदस्य बिक्रम खनाल ,लुम्बिनी प्रदेश सदस्य तथा सांसद बिश्व प्रेम पाठक ,लुम्बनी प्रदेश सदस्य प्रकास न्यौपाने ,लुम्बनी प्रदेश सदस्य धनमति सापकोटा ,नेपाली कांग्रेस केन्द्रिय प्रशिक्षक राजु नेपाल, नेपाली कांग्रेस केन्द्रिय प्रशिक्षक डा. कृष्ण प्रसाद पौडेल ,काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भिम बहादुर थापा (भरत )लगाएतकाे सहभागीता रहेको थियो ।

नेपाली काङ्ग्रेस निति तथा प्रशिक्षण विभागका सदस्य बद्री प्रसाद सुवेदीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन नेपाली काङ्ग्रेस प्रशिक्षण शाखा सह संयाेजक वामदेव अधिकारीले सन्चालन गर्नुभएको थियो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रम पहिलो दिनको सहजिकरण राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. गोबिन्द प्रसाद पोखरेल ,नेपाली कांग्रेस केन्द्रिय प्रशिक्षक डा. कृष्ण प्रसाद पौडेल ,नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य अजय बाबु शिवाकोटीले गर्नुहुन्छ भने दाेस्राे दिनको कार्यक्रमकाे सहजिकरण नेबिसंघ पुर्व केन्द्रिय अध्यक्ष गुरु राज घिमिरे ,काङ्ग्रेस केन्द्रीय प्रशिक्षक राजु नेपालले गर्नुहुने काङ्ग्रेस नवलपरासीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित