सिकेन्द्र सहानी / नवलपरासी ,१७ जेठ
पश्चिम नवलपरासी सहित देशभर गर्मी बढेको छ भने तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान गरिएको छ । हाल बढि रहेको अत्याधिक गर्मीले शैक्षिक गतिविधि संचालन गर्न असहज भएको छ ।
जसले पश्चिम नवलपरासीको ६ पालिकाका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको छ ।
अत्यधिक गर्मिका कारण सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका,पाल्हिनन्दन गाउँपालिका, बर्दघाट नगरपालिका,सुनवल नगरपालिका र रामग्राम नगरपालिका गर्मीका कारण विद्यालय बन्द गरिएको हो ।
पछिल्लो समयमा बढ्दै गएको गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेका कारण विद्यालय बन्द गरिएको पालिकाहरूले बताएका छन् ।
सरावल गाउँपालिकाले १७ गतेदेखि २० गते सम्म बिदा गरेको प्रमुख प्रशासकीय विशाल मिश्रले जानकारी दिनुभयो । त्यस्तै प्रतापपुर गाउँपालिकाले १६, १७ र १८ गरि ३ दिन सम्म बिदा गरिएको गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिकामा जेठ १७ र १८ गते गरि दुई दिन विद्यालयहरू बिदा दिइएको छ।
त्यसैगरि सुनवल नगरपालिकाले पनि १८ गतेदेखि २५ गतेसम्म विद्यालयहरू बिदा गर्ने निर्णय गरिएको नगरप्रमुख बिमला अर्यालले जानकारी दिनुभएको हाे।
बर्दघाट नगरपालिकाले बर्खे बिदाबाट मिलान हुने गरि ज्येष्ठको १७ र १८ गते गरि दुई दिन विद्यालयहरू बिदा गर्ने निर्णय गरिएको बर्दघाटका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । त्यस्तै रामग्राम नगरपालिकाले जेठको १७ र १८ गते गर्मी बिदा दिएको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समेत समस्या देखिन थालेपछि चार वटा पालिकाले विद्यालय बिदा दिने निर्णय गरेका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

