Rashtriya Dainik

सुस्ताबासीहरुलाई दन्त सेवाको लागि निशुल्क दन्त शिविर, ३ सय जनाले लिए दन्त सेवा

राष्ट्रिय दैनिक / नवलपरासी , १६ जेठ

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ।

गणतन्त्र दिवसको अवसरमा सुस्ता गाउँपालिकाले सुस्ताबासीहरुलाई दन्त सेवाको लागि निशुल्क दन्त शिविर संचालन गरेको हो ।
शिविरमा करिब ३ सय जनाले दन्त सेवा लिएको छ ।


सुस्ता गाउँपालिकाको आयोजना र आधुनिक समाज डेन्टल केयर प्राइभेट लिमिटेड रुपन्देही बुटवलको प्राबिधिक सहयोगमा भएको निशुल्क दन्त शिविर सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभएको हाे।

निशुल्क दन्त शिविर कार्यक्रमको उद्द्घाटन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले पालिका नागरिकको स्वास्थ्य प्रती एकदमै गम्भीर रहेको हुँदा स्वास्थ्य सम्बन्धि विभिन्न निशुल्क शिविर गाउँपालिकाले निरन्तर आयोजना गर्ने र पालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको भरपुर लाभ उठाउनको लागि सुस्ताबासीलाई आग्रह समेत गर्नुभएको थियो ।

त्यस्तै पालिकाकि उपाध्यक्ष गिता चौधरीले स्वास्थ्य जस्तो विषयलाई पालिकाले आत्मसात गरेर पहिलो प्राथमिकतामा राखेर अघि बढेको कारण सुस्ताका सम्पूर्ण नागरिकको स्वास्थ्यको जिम्मेवारी प्रती पालिका गम्भीर रहेको बताउनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित