Rashtriya Dainik

नदीजन्य पदार्थ चोरी गर्दै टिप्पर नियन्त्रण लिई दुई लाख जरिवाना

अनिल बनिया विनोद/ नवलपरासी ,१४ जेठ

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वार्ड नम्बर १२ स्थित भुमही खोलाबाट आशिष – क्षमादेवी – बुद्व हिमाली जे.भी.ले नदीजन्य पदार्थको ढुवानी कार्यमा प्रयोग गरेको लु २ ख ३८६० नं. को टिप्परलाई गएको ९ गते बुधबार तोकिएको स्थान भन्दा अन्यन्त्र नदीजन्य पदार्थ (ढुंगा) लैजादै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रणमा लिइएका उक्त सवारी साधनका धनी/प्रतिनिधि सुनवल नगरपालिका वार्ड.१ का निवासी श्री बसन्त बहादुर यादवलाई नगरपालिकाले नियमित र थप जरिवाना बापत रू. दुई लाख (रू. २,००,०००/-) जरिवाना गरी उक्त सवारी सोही सवारी धनीको जिम्मामा छाडिएको सुनवल नगरपालिकाले बताएको छ ।

पुनश्च नदीजन्य पदार्थको चोरी कार्यमा संलग्नहरूको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित