Rashtriya Dainik

काङ्ग्रेस नवलपरासीका पुर्व जिल्ला सदस्य दिनानाथ कोइरालाको ७७ वर्षको उमेरमा निधन

आरपि उपाध्याय / नवलपरासी ,१२ जेठ

नेपाली काङ्ग्रेस नवलपरासीका पुर्व जिल्ला सदस्य एवं महासमिती सदस्य दिनानाथ कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ।

स्वर्गीय कोइरालाको पार्थिव शरीरलाई पुर्वी नवलपरासीको त्रिवेणी घाटमा अन्तिम दाह संस्कार गरिएको हो।

स्वर्गीय कोइराला लामो समयदेखि अस्वस्थ रहदै आउनुभएकोमा पछिल्लो समय यता अस्थायी बसोबास थलो तनहुँ बाट सुस्ता गाउँपालिका तर्फ एम्बुलेन्समा आउदै गर्दा मध्यबिन्दु नगरपालिकाको अरुणखोलामा निधन भएको थियो।

स्वर्गीय कोइरालाले एक दलिय निरङ्कुस पन्चायती कालिन समयमा नै बहुदलीय व्यवस्थाको माग गदै नेपाली काङ्ग्रेसद्वारा आयोजित २०४२ सालको सप्त्याग्रह आन्दोलनमा काठमाडौंबाटै जेल चलान हुनुभएका कोइराला प्रजातन्त्र प्राप्तिको विभिन्न काल खण्डमा अभिछिन्न रूपमा काम गर्दै आउनु भएको नेपाली काङ्ग्रेस सुस्ताले बताएको छ।

२००४ सालमा जन्मिनु भएका स्वर्गीय कोइराला २०२७ सालदेखि नवलपरासी कुडियाको जमुनाबारीमा बसोबास गर्दै आएका उहाँको एक श्रीमती,एक छोरा र एक छोरी रहेको भाइ जगन्नाथ कोइरालाले जानकारी दिनुभयो।

प्रजातन्त्र प्राप्तिको लागि अथक रुपमा लाग्नु हुने कोइरालाको आर्थिक अवस्था कमजोर भएपनी निष्ठा,आदर्श र पार्टीको निर्देशनलाई सदैव पालन गर्दै आउनु हुने व्यक्तिको रुपमा परिचित हुनुभएको पनि बताइएको छ।

राजनिती घटनाक्रमका साथै पछिल्लो राजनिती परिवर्तनपछि स्वर्गीय कोइराला समाज परिवर्तन तथा पार्टी प्रती असन्तुष्ट रहदै आउनु भएको उहाँ २०७४ सालदेखि आफू स्वतन्त्र रहेको घोषणा गर्नुभएको भएपनी लोकतन्त्रप्रतिको आस्था,समाजप्रतिको जिम्मेवारीलाई भने स्वर्गीय कोइरालाले कुनै कमी हुन नदिएको उहाँको निकट वर्तिहरुले बताउने गरेका छन।

स्वर्गीय कोईरालाको पार्थिव शरीरलाई शनिबार त्रिवेणी घाटमा अन्तिम संस्कार गर्दा नेपाली काङ्ग्रेसका नेता,कार्यकर्ता, शुभेच्छुक,सुस्ता गाउँपालिका का जनप्रतिनिधि,आफन्तजन र ठूलो सङ्ख्यामा शुभचिन्तकको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित