विरुवा गाउपालिकाको आठौ गाउसभा

तुलसी राम पौडेल —-स्याङ्जा ( मेसस) ,माघ १२

गण्डकी प्रदेश स्याङ्जा जिल्ला अन्तरगत बिरुवा गाउँपालिकाको आठौ गाउँसभा सोमबार सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा समेत चिनिने उक्त गाउँसभा बिरुवा गाउँपालिका को सभाहल बिरुवा बजार मा सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष चुन्न प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त गाउँसभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले गर्नु भएको थियो । गाउसभमा गाउपालिका उपाध्यक्ष देवी कुमारी थापाले आ ब ०७७/०७८ को आर्थिक ऐनको रु ४३ करोड ९० लाख बराबरको संशोधित अनुमान पेश गर्नु भएको थियो ।

गाउँसभामा बोल्दै बिरुवा गाउँपालिकामा अध्यक्ष चुन्न प्रसाद शर्माले बिरुवा गाउँपालिकाले सधैं जनताका माग र आवश्यकतालाइ प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । यसैगरी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले यस आर्थिक वर्षमा गाउँपालिका कृषि , पूर्वाधार , स्वास्थ्य , शिक्षा र रोजगारी श्रृजना लाई प्रार्थमिकता दिई बजेट निर्माण गरिएको र उक्त बजेट कार्यान्वयनको चरणमा रहेको पनि बताउनु भयो । साथै उहाँले बजेट कार्यान्वनयको क्रममा सम्पूर्ण जनप्रतिनिधि तथा जनताहरूको रचनात्मक सहयोग आवश्यक पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा वडा न ८ का वडाध्यक्ष प्रकाश थापा , वडा न ६ का वडाध्यक्ष कृष्ण क्षत्री , वडा न १ का वडाध्यक्ष युवराज केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । यस गाउसभाले बिरुवा गाउँपालिका वातावरण संरक्षण ऐन समेत अनुमोदन गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot