Rashtriya Dainik

सरावलमा अब वडाबाटै अनलाईन मार्फत नागरिकता सिफारिस

राष्ट्रिय दैनिक / नवलपरासी ,८ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली External Module को अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीको आयोजनामा नेपाली नागरिकता सिफारिस अनुसूची १ को प्रणालीलाई अनलाइन प्रक्रियाद्वारा गरिने सम्बन्धि अभिमुखिकरण कार्यक्रम सरावलमा सम्पन्न भएको हाे।

सरावल गाउँपालिकाकाे अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडाका वडा अध्यक्ष,वडा सचीव,सुचना प्रविधि अधिकृतहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

यसअघि वडाबाट नागरिकताका लागी सिफारिस मात्रै हुने गरेकोमा अब केन्द्रिय नागरिकता सुचना व्यवस्थापन प्रणालीमै वडा बाटै सबै कागजात अनलाईनमा प्रविष्ट गरी त्यसको जनप्रतिनिधिले पुष्टि गरेको विवरण मात्रै प्रशासन कार्यालयमा पठाईने भएकाले प्रशासन कार्यालयले तत्कालै नागरिकता जारी गर्न सक्ने छ । यो व्यवस्थाले जनप्रतिनिधि र कर्मचारीलाई पनि सहज हुने भएकाले सबै वडाबाट केहि दिन भित्रै अनलाईन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था लागु हुने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यक्रमको उद्देश्य र चुनौतीबारे प्रकाश पार्दै विद्युतिय प्रणालीबाट निकालिने नागरिकता प्रमाणपत्र सुरक्षित र समयको बचत हुने तथा यो प्रणालीबाट नागरिकलाई छिटोछरितो रुपमा सेवा प्रदान गर्न सहज हुने बताउनु भयो।
प्र.जि.अ. पन्थीले सिफारिसकर्ता वडा कार्यालयहरुले गम्भीर ढंग र इमान्दारीपुर्वक वास्तविक कुरा बुझेर प्रक्रियागत रुपमा सिफारिस गर्नुपर्ने धारणा राख्दै यो प्रणाली नागरिक केन्द्रित र नागरिक मैत्री बन्नेबारे जिल्ला प्रशासन कार्यालय विश्वस्त रहने जिकिर गर्नुभयो।

सो अवसरमा गृह मन्त्रालयका कम्प्युटर अधिकृत सुदर्शन न्यौपानेले र कम्पियुटर अपरेटर राजकुमार चाैधरीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रयोगात्मक र सैद्धान्तिक विधीलाई अपनाइनुपर्ने जानकारी गराउनु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित