संजय कुशवाहा / नवलपरासी ८ जेठ
नवलपरासीको सरावलमा मंगलबार बिहान करेन्ट लागेर एक जना मानिसको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सरावल गाउँपालिका वडा नं. ३ श्रीनगर बस्ने वर्ष ३० को प्रदिप चौधरीले आफ्नै घरको धारामा मोटर जडान गरेर पानी तान्ने क्रममा एक्कासि मोटरको तारमा छुन जाँदा करेन्ट लागेर गम्भीर घाईते भए ।
उपचारका लागि जिल्ला अस्पताल परासी ल्याएपछि डाक्टरले मृत्यु घोषित गरेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

