Rashtriya Dainik

सरावल ७ मा आगलागी हुदा दुई घर जलेर नष्ट

राष्ट्रिय दैनिक / नवलपरासी ,८ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ भटवलियामा मंगलबार दिउँसो आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ ।


सरावल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेयात खाँ धुनियाकाे अनुसार भतइ कुर्मी र बलई कुर्मीकाे घर आगलागीबाट पुर्ण रुपमा क्षति भएको हाे । त्यस्तै सम्सुदिन जाेल्हाकाे घर आन्सिक रुपमा क्षति भएको छ।

गाेठमा लामखुट्टे धपाउनकाे लागि बलिएकाे आगाेबाट खर र जस्ताले छाएको घरमा आगो सल्किएर आगलागी भएको हाे।

आगलागीले द्वय कुर्मीको घरमा करिब ३ /३ लाख बराबरको क्षति भएको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभएको हाे।

आगलागी गाउँले र प्रहरीचौकी भुजहवा , प्रहरीचाैकी गाेबरहिया र सशस्त्र प्रहरी बल भुजहवाबाट खटिएको टोली मिलेर नियन्त्रणमा लिएको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित