Rashtriya Dainik

पर्साको पकहामैनपुर गाउँपालिकामा भईरहेको बिकास निर्माण कार्यको अनुगमन

राजन कुमार बानिया /पर्सा ,८ जेठ

पर्साको पकहामैनपुर गाउँपालिकाका उपाध्यक्ष प्रतिनिधि र प्रमुख प्रसाशकिय अधिकृतले पकहामैनपुर गाउँपालिकामा भईरहेको बिकास निर्माण कार्य योजनाको अनुगमन गर्नु भएको छ।

गाउँपालिका उपाध्यक्ष प्रतिनिधि नसरुलाह मियाँ र प्रमुख प्रसाशकिय अधिकृत उदवशंकर चौधरीले वडा नं ५ पोखरिया गाउँमा भई रहेको देबी स्थानको मन्दिर निर्माण बाउन्डरीवाल ,कोठा सहित १० लाखको योजना रहेको हो।

साथै सोही ठाउँ नजिक सार्वजनिक जगा स्थानिय हरुले कब्जा गरि बनाएको ७ कठा जग्गा लाई अतिक्रमण मुक्त गराई माटो पुरी ग्रेबल गरेको योजना लाई सहित अनुगमन गरेका छन।

उपाध्यक्षको योजनामा भईरहेको कामको अनुगमन गरिएको छ।अनुगमन टोलीमा उपाध्यक्षका प्रतिनिधि नसुरलाह मियाँ ,प्रमुख प्रसाशकिय अधिकृत उदवशंकर चौधरी ,सबईन्जिनियर पुनजय साह र लेखपाल निरंजन पटेल लगायतको टोली रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित