Rashtriya Dainik

करेन्ट लागेर सरावल ३ श्रीनगरमा एक जनाको मृत्यु

उमेश बि.क / नवलपरासी ,८ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ श्रीनगरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मंगलबार बिहान सरावल गाउँपालिका–३ श्रीनगर टोलका ३० वर्षीय प्रदिप कुमार चाैधरीको करेन्ट लागेर मृत्यु भएको स्थानीयले जानकारी दिइएका छन।

चाैधरीकाे परिवारकाे अनुसार हेन्ड पम्पमा जडान गरिएको माेटरबाट करेन्ट लागेर मृत्यु भएको बताएका छन।

मृतकको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको परिवारीक स्राेतले जानकारी दिइएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित